१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अर्थिक वर्ष सकिनै लाग्दा लुम्बिनी प्रदेशको कृषि निर्देशनालयलाई कोठे कार्यक्रम गरेर बजेट सक्ने हतारो

केरा खेतीको कार्यक्रममा पशुपन्छी र मत्स्य विकासका अधिकारी बसेर भत्ता बुझ्दै



बुटवल । वर्षभरी कानमा तेल हालेर बस्ने सरकारी अधिकारीहरुलाई जब आर्थिक वर्ष सकिनै लाग्छ तब बजेट सक्ने हतारो सुरु हुने गर्दछ । वर्षभरि बजेट माग्न आएका सेवाग्राहीलाई विभिन्न बहाना बनाएर फर्काउने गरेका सरकारी अधिकारीहरुले आर्थिक वर्ष सकिनै लाग्दा भने एकैदिन फरक फरक विषयमा गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता शिर्षक राखेर बजेट सक्ने गर्दछन् ।

लुम्बिनी प्रदेश सरकारको विकास निर्देशनालयलाई यतिबेला किसानलाई असार १५ लागे जस्तै बजेट सक्न भ्याईनभ्याइ छ । असार लागेदेखिनै कोठे कार्यक्रममा सक्रियता देखाएका निर्देशनालयका अधिकारीहरु महङ्गो बिल बनाउनकै लागि सारिसकिएको पुरानो राजधानी बुटवलमा बास जमाएर कार्यक्रम आयोजना गर्न ब्यस्त छन् ।

आर्थिक वर्ष सकिन कृषि मन्त्री भण्डारीलाल यादव सहित निर्देशनालयका निर्देशक, कर्मचारीहरु बुटवलमा बास जमाएर दिनदिनै फरक फरक शिर्शकमा कोठे बैठकमा ब्यस्त देखिएका छन् । बुटवलका महङ्गामा गनिने होटलमा दैनिक जसो अन्तरक्रिया र गोष्ठीका कार्यक्रमहरु भइरहेका छन् ।

देशमा आर्थिक संकट रहेको भन्दै प्रदेश सरकारले निर्देशनालयहरु हटाउने निर्णय गरेकै अवस्थामा जाँदाजाँदै निर्देशनालयका अधिकारीहरुले धमाधम बजेट सक्ने मेसो निकालेका हुन् । गोष्ठी र अन्तरक्रिया कार्यक्रमको बाहानामा केवल बजेट सक्ने र भत्ता पचाउने बाहेक केही नहुने गरेको भन्दै आलोचना आएपनि सरकारी अधिकारीहरु सच्चिने भन्दा पनि बजेट सक्याउने खेललाई निरन्तरता दिन उद्देत देखिन्छन् । यो वर्षपनि पुुरानै नियती दोहो¥याउँदै कर्मचारीहरुले गोष्ठी, अन्तरक्रियाकै नामबाट कार्यक्रम राखेर अघिल्लो वर्ष जस्तै कोठे कार्यक्रम गरिरहेका छन् ।

निर्देशनालयले दुई दिन लगातार एकै ठाउँमा अन्तरक्रिया र गोष्ठी गरेको छ । बुटवलको न्यू इरा होटलमा असार ८ गते बालि विशेष (केरा बाली) सञ्जाल गठन तथा किसान संग अन्तरक्रिया कार्यक्रम गरेको छ भने असार ९ गते सोही होटलमै निर्देशनालयको आयोजनामा ‘स्मार्ट कृषि गाउँ कार्यक्रममा सरोकारवालासंगको अन्तरक्रिया’ गरिएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट केरा खेतीमा लागेका किसान तथा सञ्जालका सदस्यहरुको सहभागीता रहेको भनिएपनि वर्षा लागेर धान रोप्ने तयारीमा रहेका किसानहरु उपस्थित भएको विषय आफैमा शंकास्पद रहेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर देखि लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय वरिष्ठ बाली संरक्षण अधिकृत खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरी, प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालयका प्रमुख राम प्रसाद पाण्डे, बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि प्रसार अधिकृत आशा भण्डारी, कृषि अधिकृत दयाराम बस्याल, कृषि अर्थ विज्ञ डिल्लीराज पौडेल लगायतको सहभागीता रहेको छ ।

केरा खेतीको कार्यक्रममा पशुपन्छी र मत्स्य विकास अधिकृतको उपस्थिती केवल भत्तन पचाउन मात्र भएको कार्यक्रममा सहभागी एक कर्मचारीले नाम नलेख्ने सर्तमा भने । लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री अहिर नतिजामुखी कार्य नगरेर यस्तै कोठे र गोष्ठीका कार्यक्रममा पुग्न भ्याइनभ्याइ भएको छ ।

हालै प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार यो निर्देशनालय पनि कृषि मन्त्रालयमै गाभिदै छ । चालु आवमा निर्देशनालय नरहने भएकाले पनि निर्देशनालयको बचेखुचेको बजेट जसरीपनि सक्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना भएको ती कर्मचारीले बताए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १२ : ५३ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना