२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवल उपमहानगरको बजेट २ अर्व ३६ करोड, कर उठाउन स्पेशल टास्क फोर्स (पूर्णपाठ)



बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

उपमहानगर नगर सभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् । चालु आर्थिक वर्ष भन्दा झण्डै १ करोड बढाएर उपप्रमुख अर्यालले बजेट प्रस्ताव गरेकी छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरिएको थियो ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ । कर प्रशासनलाई चुस्ता बनाउन कर असुलिकालागि ‘स्पेशल टास्क फोर्स’ नै गठन गर्ने बजेटमा उल्लेख गरिएको छ ।

प्रस्ताव गरिएको बजेटमा संघीय सरकारबाट समानीकरण ३० करोड १७ लाख, सशर्त अनुदान ४७ करोड ९२ लाख, समपुरक अनुदान ८० लाखर विशेष अनुदान २ करोड तथा प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३१ लाख, सशर्त अनुदान २ करोड ९ लाख, समपुरक अनुदान २ करोड प्राप्त हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : २८ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज