२४ मंसिर २०८२, बुधबार | December 11, 2025

बुटवल उपमहानगरको बजेट २ अर्व ३६ करोड, कर उठाउन स्पेशल टास्क फोर्स (पूर्णपाठ)



बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

उपमहानगर नगर सभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् । चालु आर्थिक वर्ष भन्दा झण्डै १ करोड बढाएर उपप्रमुख अर्यालले बजेट प्रस्ताव गरेकी छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरिएको थियो ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ । कर प्रशासनलाई चुस्ता बनाउन कर असुलिकालागि ‘स्पेशल टास्क फोर्स’ नै गठन गर्ने बजेटमा उल्लेख गरिएको छ ।

प्रस्ताव गरिएको बजेटमा संघीय सरकारबाट समानीकरण ३० करोड १७ लाख, सशर्त अनुदान ४७ करोड ९२ लाख, समपुरक अनुदान ८० लाखर विशेष अनुदान २ करोड तथा प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३१ लाख, सशर्त अनुदान २ करोड ९ लाख, समपुरक अनुदान २ करोड प्राप्त हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : २८ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल