१६ भदौ २०८३, मंगलबार | September 1, 2026

शसस्त्रले बरामद गरेको पहेँलो धातु सुन ठहर, १ केजी ९६५.३ ग्राम तौल कायम



बुटवल । शसस्त्र प्रहरीले सुन जस्तै धातु भनेर भैरहवा भन्सारमा बुझाएको २ थान इट्टा सुन ठहरिएको छ । भन्सार कार्यालयलाई बुझाइएको धातु जाँचगर्दा सुन ठहर भएको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

रुपन्देहीको नेपाल भारत सीमानाकामा शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन जस्तै (सुनको इट्टा) वस्तु बरामद गरि भन्सारमा बुझाएको थियो । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुन जस्तो देखिने (सुनको इट्टा) फेला पारेको हो ।

अन्दाजी २ किलो तौल भनिएकोमा भन्सार कार्यालयले नापतौल गर्दा एक थान इटा १ किलो र अर्को ९६५.३ ग्राम तौल कायम भएको उनले बताए । भन्सार मुल्यांकन अनुसार सुनको मुल्य १ करोड ८५ लाख ६५ हजार ३५५ र बरामद भएको करको मुल्य १५ लाख तोकी भन्सार ऐन अनुसार कारवाही अगाडि बढाइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका गिरीलाई भन्सार ऐन २०३४ बमोजिम कारवाही हुने भैरहवा भन्सारका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

शसस्त्र प्रहरी बल नेपाल बिओपी, बयरघाट, रुपन्देहीले गएराति साढे ९ बजेको समयमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालिदहबाट सुन सहित बा.१२ च.३८२० नम्बरको को मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई नियन्त्रणमा लिएको थियो ।

सम्भवत रुपन्देही नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको यो नै सबैभन्दा ठुलो परिमाणको सुन भएको बताइएको छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : १६ बजे

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह