३ आश्विन २०८३, शनिबार | September 19, 2026

दक्ष जनशक्ति उत्पादन गर्न बुटवल उपमहानगरले रोजगार मेला लगाउँदै



बुटवल । बुटवलमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजानमा असार १३ गते वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको हो ।

आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै मेलाको तयारी तिब्र पारिएको जनाएको छ । करिव ५ हजार जना मानिसको सहभागीता हुने मेलामा ३० वटा विभिन्न रोजगारप्रदायक संस्थाहरुको स्टल रहने मेला संयोजक तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

नेपाल सरकार तथा स्वीजरल्ण्ड सरकारको संयुक्त परियोजनाको लगानीमा दिगो तथा सम्मानित रोजगारीको लागि सिप भन्ने नारा सहित दोस्रो चरणको मेला आयोजना हुन लागेको हो ।

रोजगार मेलामा रोजगार सम्बन्धी परामर्स तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी तथा तालिमबारेमा सूचना दिने, रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सृजना हुने अपेक्षा लक्ष्य राखिएको संयोजक शर्माले बताए ।

३ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको सबै खर्च परियोजनाले नै व्यहोर्ने छ । मेलाबाट आएको रोजगारीको अपेक्षा अनुसारको रोजगार पोर्टल नै बनाएर सोही अनुसारको रोजगारी सृजनामा नगरपालिका लागिरहेको उनले जानकारी दिए ।

नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेश कुकर लगायतका विभिन्न उद्योगमा भारतीय कामदारहरुको एकलौटी उपस्थिती रहेको भन्दै उनले दक्ष जनशक्ति उत्पादनका लागि मेलाले टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ५३ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको