३ मंसिर २०८२, बुधबार | November 19, 2025

तिब्बतमा भेटियाे एसियाकै सबैभन्दा अग्लाे रूख, स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो



बेइजिङ । संसारमा धेरै रहस्यहरू लुकेका छन्, जसको अनुसन्धान वैज्ञानिकहरू दिनहुँ गरिरहेका छन् । यस सन्दर्भमा वैज्ञानिकहरूले एशियाको सबैभन्दा अग्लो रूख पत्ता लगाएका छन्, जुन चीनमा फेला परेको छ ।

चीनको पेकिङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो रुख साइप्रसको भएको बताएका छन्, जसको उचाइ ३ सय ३५ फिट र व्यास ९.६ फिट छ । यो रुख न्युयोर्कको स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो छ र विश्वको दोस्रो सबैभन्दा अग्लो रुख हो ।

यो विशाल रूख चीनको तिब्बत स्वायत्त क्षेत्रको बोम काउन्टीको न्यिन्ची शहरको यार्लुङ जाङ्बो ग्रान्ड क्यान्यन नेचर रिजर्भमा पेकिङ विश्वविद्यालयको अनुसन्धान टोलीले मे महिनामा फेला पारेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष अप्रिल महिनामा वैज्ञानिकहरूले तिब्बतको मेडोग काउन्टीमा २ सय ५२ फिट अग्लो रुख फेला पारेका थिए । त्यसपछि अक्टोबर महिनामा २ सय ७४ फिट अग्लो रुख भेटिएको थियो । तर, अब यो नयाँ रुख फेला परेपछि एसियाको सबैभन्दा अग्लो रुखको कीर्तिमान फेरि एकपटक अद्यावधिक भएको छ ।

यसबाहेक वैज्ञानिकहरूले यस क्षेत्रमा अन्य धेरै ठूला रूखहरू पनि पत्ता लगाएका छन् । जसमध्ये २ सय ७९ फिटभन्दा अग्लो ५० रुख र २ सय ९५ फिटभन्दा अग्ला २५ रुख फेला परेका छन् । सयौं फिट अग्लो यो सिप्रस रूख विशेष छ किनभने यसको जरा पृथ्वीमा पूर्ण रूपमा छैन ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४७ बजे

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत