३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

जब तिब्बतको अभूतपूर्व विकास देखेर विदेशी विज्ञ र सञ्चारकर्मीहरु लोभिए..



चीनको स्वशासित प्रदेश तिब्बत (Xizang)को विकास देखेर विदेशी पर्यटक र विज्ञहरु लोभिएका छन् । तिब्बतको ल्हासादेखि शिगात्से सम्मको रेल यात्राको क्रममा, विज्ञहरूको समूहले हालै तिब्बतको भ्रमण गरेको थियो । यसपछि उनीहरुले यहाँको विकासबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनीहरु यस क्षेत्रको उच्च गुणस्तर विकास देखेर छक्क परे ।

फ्रान्स, स्वीडेन, दक्षिण अफ्रिका र भारतलगायत विभिन्न देशका शिक्षाविद् र सञ्चारकर्मी सम्मिलित प्रतिनिधिमण्डलले हालै चीनको सिजाङ स्वायत्त क्षेत्रको भ्रमण गरेको थियो ।

रेलको झ्याल बाहिर घुमिरहेको पुलमा हेर्दै सफिर यूरेशिया प्रमोशनका अध्यक्ष जीन प्रेगोरेटले भने, “यो स्पष्ट छ कि चिनियाँ सरकारले तिब्बतमा पूर्वाधारको लागि ठूलो प्रयास गरिरहेको छ ।”

भारतको डेक्कन हेराल्डका विशेष संवाददाता ज्ञानेन्द्र कुमार केसरी भन्छन्, “आधुनिक सुविधा र सडकहरू भएका अग्ला भवनहरू र सडकहरूमा जुन प्रकारको विकास देख्यौं, ती वास्तवमै स्मार्ट सुविधाहरूले प्रभावशाली छन्।”

“भारतका विभिन्न शहरहरु मैले देखिरहेको छु, कम्तिमा हिमालयमा अवस्थित सहरहरूमा यी सबै कुराहरू सामान्य छैनन्’, केसरीले थपे, “तर जब तपाईंसँग इच्छा शक्ति र उचित योजना छ भने नयाँ क्षेत्रहरूमा हुने विकास साँच्चै प्रभावशाली हुन्छ, जुन तिब्बतमा देखियो ।”

दक्षिण अफ्रिकाको प्रिटोरिया विश्वविद्यालयको मानव अधिकार केन्द्रका सहायक निर्देशक लोयड कुवेयाका अनुसार “जब तपाइँ केहि अन्तर्राष्ट्रिय मानव अधिकारको कोणबाट हेर्नुहुन्छ भने विकासको अधिकार वास्तवमा अब मानव अधिकार नै हो ।“ कुवेयाले तिब्बतको विकासको स्तर देखेर आश्चर्य व्यक्त गरे, किनकि उनले यसअघि तिब्बतको राम्रो विकास नहुने अनुमान गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ३६ बजे

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने सिद्धान्तमा टेकेर अघि बढ्ने आइएमईका संस्थापकहरुको प्रतिबद्धता

काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार

सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको

देशको वृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक : प्रदीप ज्ञवाली 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको

बुटवलको मिलनचोकमा खुल्यो प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा

बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको