२३ श्रावण २०८३, शनिबार | August 8, 2026

जब तिब्बतको अभूतपूर्व विकास देखेर विदेशी विज्ञ र सञ्चारकर्मीहरु लोभिए..



चीनको स्वशासित प्रदेश तिब्बत (Xizang)को विकास देखेर विदेशी पर्यटक र विज्ञहरु लोभिएका छन् । तिब्बतको ल्हासादेखि शिगात्से सम्मको रेल यात्राको क्रममा, विज्ञहरूको समूहले हालै तिब्बतको भ्रमण गरेको थियो । यसपछि उनीहरुले यहाँको विकासबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनीहरु यस क्षेत्रको उच्च गुणस्तर विकास देखेर छक्क परे ।

फ्रान्स, स्वीडेन, दक्षिण अफ्रिका र भारतलगायत विभिन्न देशका शिक्षाविद् र सञ्चारकर्मी सम्मिलित प्रतिनिधिमण्डलले हालै चीनको सिजाङ स्वायत्त क्षेत्रको भ्रमण गरेको थियो ।

रेलको झ्याल बाहिर घुमिरहेको पुलमा हेर्दै सफिर यूरेशिया प्रमोशनका अध्यक्ष जीन प्रेगोरेटले भने, “यो स्पष्ट छ कि चिनियाँ सरकारले तिब्बतमा पूर्वाधारको लागि ठूलो प्रयास गरिरहेको छ ।”

भारतको डेक्कन हेराल्डका विशेष संवाददाता ज्ञानेन्द्र कुमार केसरी भन्छन्, “आधुनिक सुविधा र सडकहरू भएका अग्ला भवनहरू र सडकहरूमा जुन प्रकारको विकास देख्यौं, ती वास्तवमै स्मार्ट सुविधाहरूले प्रभावशाली छन्।”

“भारतका विभिन्न शहरहरु मैले देखिरहेको छु, कम्तिमा हिमालयमा अवस्थित सहरहरूमा यी सबै कुराहरू सामान्य छैनन्’, केसरीले थपे, “तर जब तपाईंसँग इच्छा शक्ति र उचित योजना छ भने नयाँ क्षेत्रहरूमा हुने विकास साँच्चै प्रभावशाली हुन्छ, जुन तिब्बतमा देखियो ।”

दक्षिण अफ्रिकाको प्रिटोरिया विश्वविद्यालयको मानव अधिकार केन्द्रका सहायक निर्देशक लोयड कुवेयाका अनुसार “जब तपाइँ केहि अन्तर्राष्ट्रिय मानव अधिकारको कोणबाट हेर्नुहुन्छ भने विकासको अधिकार वास्तवमा अब मानव अधिकार नै हो ।“ कुवेयाले तिब्बतको विकासको स्तर देखेर आश्चर्य व्यक्त गरे, किनकि उनले यसअघि तिब्बतको राम्रो विकास नहुने अनुमान गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ३६ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी