७ आश्विन २०८३, बुधबार | September 23, 2026

तिब्बतमा १७ हजार भन्दा बढी ५जी बेस स्टेशन निर्माण



ल्हासा । दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बत (चीनले तिब्बतलाई सिजाङ Xizang नामाकरण गरेको छ)मा अहिलेसम्म १७ हजार भन्दा बढी ५जी बेस स्टेशनहरू निर्माण भएका छन् ।

सन् २०२४ मा मात्र सात हजार ३५ नयाँ बेस स्टेशनहरू थपिएको स्थानीय सञ्चार अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षेत्रीय सञ्चार प्रशासन ब्युरोले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार, हालसम्म तिब्बतका ७० प्रतिशतभन्दा बढी प्रशासकीय गाउँहरूले ५जी नेटवर्क पहुँच प्राप्त गरेका छन्।

तिब्बतले पहिलो ५जी बेस स्टेशन २०१९ मा सञ्चालनमा ल्याएको थियो। यस क्षेत्रले पछिल्ला वर्षहरूमा आफ्नो ५जी सञ्चार नेटवर्कको पहुँच विस्तार गर्दै प्रमुख राष्ट्रिय राजमार्गहरू र पर्यटकीय स्थलहरूमा समेत सेवा उपलब्ध गराउँदै आएको छ।

भविष्यमा, ५जी नेटवर्क सेवाको दायरा थप कृषि तथा पशुपालन क्षेत्रहरू र दुर्गम स्थानहरूमा विस्तार गर्ने योजना रहेको ब्युरोले जनाएको छ।

 

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : २० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज