४ पुस २०८२, शुक्रबार | December 20, 2025

सलमान खानलाई फेरी गोल्डी बराडको ज्यान धम्की



मुम्बई । बलिउड अभिनेता सलमान खानलाई कैयौं पटक ज्यानको धम्की आइसकेको छ । जसकारण उनले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्, हाल उनलाई मुम्बई प्रहरीले पनि सुरक्षा दिइरहेको छ ।

अब यी अभिनेतालाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन् । गोल्डीले एक अन्तरवार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन् । उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन् ।

‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन् । विश्नोई समाज काला हिरणलाई पुजा गर्दछ । उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नुभएन । यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौ’, गोल्डीले भनेका छन् । यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएकाे थियाे ।

उनले आफूहरुको खलिस्तान र आईएसआईसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए । त्यो बेला सलमान माथी कालो हिरण मारेको आरोप थियो । यसलाई लिएर अदालतमा मुद्धा पनि पर्यो । जसकारण उनी जेल पनि गए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको