२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सलमान खानलाई फेरी गोल्डी बराडको ज्यान धम्की



मुम्बई । बलिउड अभिनेता सलमान खानलाई कैयौं पटक ज्यानको धम्की आइसकेको छ । जसकारण उनले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्, हाल उनलाई मुम्बई प्रहरीले पनि सुरक्षा दिइरहेको छ ।

अब यी अभिनेतालाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन् । गोल्डीले एक अन्तरवार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन् । उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन् ।

‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन् । विश्नोई समाज काला हिरणलाई पुजा गर्दछ । उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नुभएन । यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौ’, गोल्डीले भनेका छन् । यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएकाे थियाे ।

उनले आफूहरुको खलिस्तान र आईएसआईसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए । त्यो बेला सलमान माथी कालो हिरण मारेको आरोप थियो । यसलाई लिएर अदालतमा मुद्धा पनि पर्यो । जसकारण उनी जेल पनि गए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४९ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।