२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

शिक्षाको क्षेत्रमा विकृती बढ्दै गएको भन्दै अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले बुझायो नगर प्रमुख पाण्डेलाई ज्ञापनपत्र



बुटवल । अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । कमिटीले शिक्षाको क्षेत्रमा विकृती बढ्दै गएको भन्दै नगर प्रमुख पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियु बुटवल उपमहानगर कमिटीका अध्यक्ष रोशन घिमिरेले संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई दिनुपर्ने छात्रवृत्ति उपलब्ध नगराएको भन्दै नगरप्रमुख पाण्डेलाई ज्ञापनपत्र बुझाएको बताए ।

संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा बिपन्न, अपांगता भएका, महिला, दलित, जनजाति तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ । विद्यालयहरुले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको छनौट भइसकेपछि तिनको आधार, शर्त र प्रक्रियाका बारेमा समेत सार्वजनिक गर्नुपर्ने ब्यवस्था भएपनि विद्यालयहरुले सार्वजनिक गरेका छैनन् ।

अनेरास्ववियुले विद्यालयहरुले दिएका छात्रवृत्तिको विवरण सार्वजनिक गर्न माग गरेको छ । ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अनेरास्ववियुले उठाएका मागहरु जाएज रहेको र कार्यान्वयनको लागि तत्काल सम्वोधन गर्ने बताए ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देहि इन्चार्ज साजन भण्डारी , जिल्ला उपाध्यक्ष भरत अर्याल , रमेश ढकाल, तिलोतमा नगर अध्यक्ष सरोज खनाल लगायत जिल्ला नगर कमिटिका पदाधिकारी सदस्यहरुको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ३६ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा