२ पुस २०८२, बुधबार | December 17, 2025

शिक्षाको क्षेत्रमा विकृती बढ्दै गएको भन्दै अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले बुझायो नगर प्रमुख पाण्डेलाई ज्ञापनपत्र



बुटवल । अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । कमिटीले शिक्षाको क्षेत्रमा विकृती बढ्दै गएको भन्दै नगर प्रमुख पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियु बुटवल उपमहानगर कमिटीका अध्यक्ष रोशन घिमिरेले संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई दिनुपर्ने छात्रवृत्ति उपलब्ध नगराएको भन्दै नगरप्रमुख पाण्डेलाई ज्ञापनपत्र बुझाएको बताए ।

संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा बिपन्न, अपांगता भएका, महिला, दलित, जनजाति तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ । विद्यालयहरुले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको छनौट भइसकेपछि तिनको आधार, शर्त र प्रक्रियाका बारेमा समेत सार्वजनिक गर्नुपर्ने ब्यवस्था भएपनि विद्यालयहरुले सार्वजनिक गरेका छैनन् ।

अनेरास्ववियुले विद्यालयहरुले दिएका छात्रवृत्तिको विवरण सार्वजनिक गर्न माग गरेको छ । ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अनेरास्ववियुले उठाएका मागहरु जाएज रहेको र कार्यान्वयनको लागि तत्काल सम्वोधन गर्ने बताए ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देहि इन्चार्ज साजन भण्डारी , जिल्ला उपाध्यक्ष भरत अर्याल , रमेश ढकाल, तिलोतमा नगर अध्यक्ष सरोज खनाल लगायत जिल्ला नगर कमिटिका पदाधिकारी सदस्यहरुको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ३६ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११