१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अनेरास्ववियु बुटवल बहुमुखि क्याम्पस कमिटिद्दारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुटवल बहुमुखि क्याम्पस कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार बुटवल बहुमुखि क्याम्पसको प्राङणमा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो ।

क्याम्पस कमिटिका अध्यक्ष गोबिन्द रिजालले रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले अनेरास्ववियु राजनीतिक परिवर्तनसंगै सामाजिक काममा निरन्तर लागिरहेको बताए । अनेरास्ववियुले रगतको अभावमा कसैको ज्यान जान नपरोस भन्ने उदेश्यले रक्तदान जस्तो महत्वपूर्ण राखेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नबिन थापा सारु, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, रुपन्देही उपाध्यक्ष भरत अर्याल, जिल्ला कमिटि सदस्य सन्तोष अर्याल लगायतको सहभागीता रहेको थियो ।

विबेक कुंवरको अध्यक्षता र शसांक वस्यालको संयोजकत्वमा कार्यक्रम भएको कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : ४२ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१