१२ असार २०८३, शुक्रबार | June 26, 2026

साविक धौलागिरी अञ्चलले धानेको लुम्बिनी प्रदेशको आर्चरी खेल

लुम्बिनीमा पहिलो प्रदेश स्तरिय आर्चरी खेल सम्पन्न



बुटवल । पहिलो पटक लुम्बिनी प्रदेशमा भएको प्रदेश स्तरीय आर्चरी खेल प्रतियोगितामा साविक धौलागिरी अञ्चलबाट बसाई सरेर तराई झरेकाहरुले बर्चश्व कायम गरेका छन् । प्रतियोगितामा सहभागी कुल खेलाडी मध्य आधा भन्दा बढी म्याग्दी र बागलुङबाट तराईका विभिन्न जिल्लामा बसाई सरेर आएकोहरु रहेकाले पनि प्रदेशको आर्चरी खेल साबिक धौलागिरीको बर्चश्व देखिएको हो ।

म्याग्दीको साविक मुना र हाल धौलागिरी गाँउपालिकाका रिम गुरुङ र हरि गुरुङ एकाघरका दाजुभाई हुन् । म्याग्दीबाट रुपन्देहीको देवदह नगरपालिका खैरेनीमा बसाइ सरेर आएका ती दाजुभाई १२-१५ वर्षको उमेरदेखि आर्चरी खेल खेल्दै आएका हुन् । म्याग्दीकै भीरपाखामा काठका फल्याक भित्तामा झुण्ड्यार धनुष बाँण हान्न सिकेका ती दाजुभाई अहिले पनि आर्चरी खेलमा अब्बल निशाना लगाउने गर्दछन् ।

हरि ५९ वर्षका भए भने रिम ५२ वर्षका भए । दुवै दाजुभाईको निशाना अचुक छ भन्दा फरक पर्दैन । गाँउघरमा बाँसको धनुषबाट बाँण हान्न सिकेका उनीहरु आज पहिलो पटक पोइन्ट सिस्टममा निशाना लगाउन बुटवल पुगेका हुन् । ‘भित्तामा फल्याक भुण्ड्यार निशाना लगाइन्थ्यो, पोइन्टमा पहिलो पटक भाग लिएका हौं ।’ रिमले भने ।

उनीहरुका बुवा तिर्ख गुरुङपनि आर्चरी खेल्ने गरेको ती दाजुभाईले बताए । म्याग्दीका गाँउहरुमा लाग्ने हरेक मेलामा तिर हान्ने (आर्चरी) खेल हुने गर्दछ । तालिम र लगातार प्रतियोगिता नहुने भएकाले आर्चरी खेल लोप हुने अवस्थामा पुगेको ५९ वर्षिय दाजु हरिले बताए । ‘राज्यको तर्फबाट न तालिमको ब्यवस्था छ, न त लगातार प्रतियोगिता नै हुन्छ, युवा पुस्तामा आर्चरी बचाउन निकै असहज देखिन्छ,’ हरिले भने, ‘यो खेल अरु खेलको तुलनामा महङ्गो पनि छ ।’

पश्चिम नजलपरासीको सुनवल नगरपालिका घर भएका नरेश फगामी मगर म्याग्दीको हालको मालिका साविक मगरदाङबाट सुनवल बसाई सरेर आएका हुन् । उनी पनि आफ्नो बाबु बाजेबाट तीर हान्ने खेल खेल्दै आर्चरीको खेलाडी बनेका हुन् । २० वर्षकै उमेरबाट तीर हान्न थालेका उनी २०७८ सालमा भरवारीमा भएको जिल्ला स्तरीय प्रतियोगितामा प्रथम भएका थिए ।

महङ्गो खेल भएकाले राज्यबाट साधन श्रोत र तालिमको ब्यवस्था नगरे आर्चरी लोप हुन सक्ने फगामी मगरले बताए । आर्चरी खेलका लागि आवश्यक खेल सामाग्री महङ्गो भएकाले सबैले यो खेल खेल्न नसक्ने फगामीको भनाई छ । घरेलु साधनको ५ देखि ७ हजार पर्छ भने अत्याधुनिक साधनको ५० हजार बढी मुल्य पर्ने उनले बताए ।

के हो आर्चरी ?

आर्चरी खेलको इतिहास यस खेलको विकासको मात्र नभै मानव विकासको इतिहाससँग पनि जोडिएको छ । प्राचीन कालमा आर्चरी कलाको विश्वभरि नै प्रयोगमा रहेको प्रमाण भेटिएका छन् । प्राचीनकालमा अष्ट्रेलियामा समेत आर्चरीको कला थियो । आर्चरीको कला सम्भवतः ढुङ्गे युगदेखि विकास भएको हो ।

आदिम कालमा मानिसले धनु र वाणको प्रयोग गर्न सिकेका थिए । झण्डै पाँच हजार वर्ष पहिले इजिप्टमा शिकार र लडाईका लागि आर्चरी कलाको प्रचलन शुरु भएको थियो । मध्यपूर्वको लडाईमा अजेय बन्नका लागि १२०० विसीमा हिट्टिटेसले तेज दौड्न र रथमा धनुष वाणको प्रयोग गर्न थालेको इतिहास भेट्न सकिन्छ ।

बुटवलमा आज सम्पन्न प्रथम प्रदेश स्तरिय आर्चरीका बिजयता टिमका प्रमुख दीलबहादुर थापापनि बागलुङको बुर्तिवाङबाट सैनामैना झरेका हुन् । सैनामैनाको मुर्गीया बस्दै आएका थापा ५ वर्ष पहिलेबाट मात्र आर्चरी खेल्न थालेका हुन् । लामो समय कोरिया बसेर आएका थापाले गाँउकै छेउमा बुढापाकाहरु तीर हान्ने खेल खेलेको देखेर यस खेल प्रति आकर्षित भएको बताउँछन् । उनले खेल खेल्नुका साथै आचैरकिा खेल सामाग्री पनि बनाउने गरेका छन् । धनुष र तीर घरेलुरुपमा तयार गरेर खेलाडीहरुलाई उपलब्ध गराउने गरेका उनले नेपालमा आर्चरीको भविश्य राम्रो भएको बताउँछन् ।

आर्चरी खेलमा अतिथि बनेर आएका प्राय सबै सुटेड बुटेड भएर उपस्थित हुँदा आर्चरी खेल्न आएका खेलाडीहरु भने चप्पल पड्काएर प्रतियोगितामा भाग लिन आएका थिए । नेपाली खेल जगतमा खेलकुदका लागि बिनियोजन भएको बजेटको ठुलो हिस्सा खेल सम्बद्ध सरकारी संघ संस्थाका पदाधिकारीले बैठक, भ्रमण, अनुगमन, खाजामा खर्च गर्ने गरेको र खेलाडीको हात सम्म निकै सानो बजेट मात्र पुग्ने गरेको खेलाडीहरुको गुनासो रहँदै आएको छ ।

आर्चरी खेलका खेल सामग्री :

बो (धनुष)- बो धनुष तीन प्रकारका हुन्छन् । ति हुन, रिकर्व, कम्पाउण्ड र बार बो ।

रिकर्व- रिकर्वलाई आर्चरीका खेलाडीहरुले ओलम्पिक खेलमा मात्र प्रयोग गर्न पाउँछन् । रिकर्व बो मा डोरीको विपरित दिशामा हातले समात्ने भाग खेलाडीको शरिरदेखि टाढा हुन्छ । यसलाई क्लासिक बो पनि भनिन्छ । हातले बो लाई समात्ने भाग विशेष गरेर आल्मुनियमबाट बनाइएको हुन्छ ।

एरो (वाण)- वाणको लम्बाई खेलाडीले धनुषको डोरी तान्दा उपयुक्त हुने गरि राखिन्छ । तोकिएको लम्बाई हुँदैन । वाणको व्यास बढीमा ९.३ एमएम हुन्छ । वाणको टुप्पो धातुले बनाइन्छ भने वाणलाई डोरीमा नियन्त्रण गर्न र प्रक्षेपित मार्गमा राख्न र सजिलो पार्न वाणको पछाडिको भाग प्लास्टिकले बनाइएको हुन्छ । रिकर्वको वाणको गति १५० माइल प्रतिघण्टा हुनसक्छ ।

टार्गेट (लक्ष्य)- लक्ष्यमा श्रृंखलाबद्ध साना र ठूला बक्र बनाइएका हुन्छन् । वाण रोपिन सक्नेगरि लक्ष्यको सतह नरम बनाइन्छ । लक्ष्यको केन्द्र जमिनदेखि १.३ मिटर माथि हुन्छ । लक्ष्यको ब्यास १.२२ मिटर हुन्छ । सर्वाधिक भित्रको बक्रको व्यास १२.२ सेन्टिमिटर हुन्छ ।

यसका अतिरिक्त खेलाडीहरुलाई आवश्यक पर्ने सामग्रीहरुमा वाण बोक्ने झोला, औंला सुरक्षित राख्ने कवच (ट्याव) पाखुरा र छाती सुरक्षित राख्ने कवच पर्दछन् ।

लुम्बिनी प्रदेशमा पहिलो आर्चरी प्रतियोगिता

बुटवलमा रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा एक दिने प्रथम प्रदेश स्तरीय आर्चरी प्रतियोगिता २०८० सम्पन्न भएको छ । मंगलबार बुटवलमा भएको प्रतियोगितामा सैनामैना (ए) टिम प्रथम भएको छ। सैनामैनाको दील बहादुर थापा, कमल थापा, कृष्ण थापा, जीवन गुरुङको टिम ६-२ सेटले विजेता बनेको हो । सैनामैनाको टिमले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरि प्रतियोगितामा देवदहको टिम दोस्रो हुँदै नगद १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भने नवलपरासी र देवदह (बि) बीचको खेलमा ४-२ सेटसहित तिलक रोका, नरेश फगामी मगर, रोहित साखी, फकेन्द्र बुढाथोकीको टिम तेस्रो भए । तृतिय हुँदै सो टिमले नगद ५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

बिजयी खेलाडीहरुलाई एक समारोहका बीच खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश आर्चरी संघ अध्यक्ष बिनोद श्रेष्ठ रुपन्देही बक्सिङ संघका अध्यक्ष राजु गुरुङ, रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र थापा क्षेत्री (हरि)लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४४ बजे

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा