३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भयो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको जानकारी दिएका हुन् ।

यसअवधिमा दुई खर्ब पाँच अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको जानकारी दिँदै उनले लगानी बोर्डबाट ९५४।३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बताए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : ०७ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका