२५ मंसिर २०८०, सोमबार | December 12, 2023

रासायनिक मल अभाव हुन नदिने प्रधानमन्त्रीको भनाई



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव हुन नदिने बताएका छन् ।

प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने बताएका हुन् ।

मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको उनको भनाइ छ ।

‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्। मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन । त्यो प्रतिबद्धता पूरा भएको र यस आर्थि वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ। यसबाहेक १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु। ३० अर्ब रकम विनियोजन गरिएको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : ४१ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका