१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्दै



काठमाडौ । वर्षैंदेखि लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ । एक दशकपछि ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि यो या त्यो बाहनामा लाइसेन्स रोक्न अनेक प्रयास भए । कहिले मुद्दा र कहिले अर्थ समितिको निर्देशनले प्रक्रिया रोक्न विलम्ब गरेका कारण लाइसेन्स वितरण प्रक्रियामा ढिलाई भएको थियो ।

तथापि, योबीचमा नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति ९लाइसेन्स० प्रदान गरेको छ । यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिसकेको छ । सञ्चालन अनुमति पाएका मध्ये ७ ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्चेन्जमा सदस्यताका लागि आवेदन दिएका छन् ।

बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४६ वटा आवेदन परेका थिए । तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी २ वटाको कागजात नपुगेको बोर्डले जनाएको छ । बाँकी रहेका ४३ वटा ब्रोकर आवेदनलाई बोर्डले आशयपत्र दिएको थियो । त्यो मध्ये १८ वटालाई लाइसेन्स दिइसकेको छ ।

साथै, मुलुकको पुँजी बजार विस्तार भएन भने ९३ वटा ब्रोकरलाई टिक्न गाह्रो हुने अनुमान छ । त्यसैले, रियल सेक्टरलाई भित्र्याउनेदेखि एनआरएनलाई पुँजी बजारमा लगानी गर्नेसम्मको वातावरण नियामक निकायले बनाइदिन जरुरत रहेको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १२ : ०७ बजे

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले