२७ भदौ २०८३, शनिबार | September 12, 2026

महिला दर्शनार्थीलाई यौन दुर्व्यबहार गर्ने भैरवस्थानका पुजारी निलम्बित



बुटवल । पाल्पाको भैरवस्थानमा पुजा अर्चना गर्न आउने महिला दर्शनार्थीलाई यौन दुर्ब्यवहार गरेको पुष्टी भएसँगै मन्दिरका पुजारीलाई निलम्बन गरिएको छ ।

पुजा गर्न आएका महिला दर्शनार्थीलाई प्रसादी दिने बहानामा महिला यौनजन्य दुर्व्यवहार गर्ने पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको हो ।

पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको समितिले जनाएको छ ।

योगीले मन्दिर दर्शनको लागि जाने महिला दर्शनार्थीहरूलाई प्रसादी दिने बहानामा उनीहरूको संवेदनशील अंगमा छुने गरेको दर्शनार्थीहरुले उजुरी गरेपछि सोही आधारमा पुजारीलाई निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेले बताए ।

योगीले महिला दर्शनार्थीहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको गुनासो आएपछि समितिको आकस्मिक बैठकले उनलाई मुख्य पुजारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको उनले बताए ।

योगी २०५९ देखि भैरवस्थान मन्दिरमा मुख्य पुजारीको रूपमा काम गर्दै आएका थिए ।

 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ६ : ३५ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक