७ श्रावण २०८३, बिहिबार | July 23, 2026

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर, आर्जन गरेको सबै सम्पत्ति जफत



बुटवल । अकुत सम्पत्ति आर्जन गरेको अभियोग खेपिरहेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय सुनाएको हो ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना सुनाएको छ । अदालतले खड्काका श्रीमतीको नाममा रहेका दुईवटा जग्गा सहित उनको नाममा भएको सबै सम्पत्ति जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा नेपाल आयल निगमको पूर्वकार्यकारी निर्देशक खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

२७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति जोडेको खड्काले ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ मात्रै स्रोत खुलेको सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर रहेको थियो । आयल निगममा पुग्दाताका पछिल्लो ६ महिनामा मात्रै उनीमाथि ७ करोड ४४ लाख आर्जन गरेको अख्चियारले आरोप लगाएको थियो ।

२०७२ सालको भूकम्पपछि भारतले लगाएको नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको अवस्थामा नेपाल आयल निगमले देशका विभिन्न ठाउँमा पेट्रोलियम भण्डारण गर्ने ट्यांकी बनाउन भन्दै जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।

जग्गाधनीसँग सोझै जग्गा किन्नुको साटो आयल निगमले विभिन्न ठाउँमा बिचौलियाबाट जग्गा किन्दा अनियमितता भएको घटना तत्कालै सार्वजनिक भएको थियो । २०७४ साल भदौमा संसदको उपभोक्ता हित तथा संरक्षण समितिले जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको निष्कर्ष निकाल्दै निगमका सञ्चालक समिति र जिम्मेवार अधिकारीलाई कारबाही सिफारिस गरेको थियो ।

उपसमितिले चारवटा ठाउँमा तीनदेखि चार गुणासम्म बढी मूल्यमा जग्गा खरिद गरिएको ब्यहोराको प्रतिवेदन तयार पारेको थियो । निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा गरेको जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययन गर्दा जग्गा दलाल प्रयोग गरी प्रचलित मूल्यको तुलनामा महँगोमा खरिद गरेको पुष्टि भएको थियो । रुपन्देहीमा त खोलाको किनारमा पानी बग्ने खाल्डोमा जग्गा दलालहरु मार्फत जग्गा खरिद भएको थियो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : १३ बजे

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको