११ श्रावण २०८३, सोमबार | July 27, 2026

भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु



मुम्बई । भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।

बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । छ देखि आठ जना घाइते भएका छन् । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बुलढानाका एसपी सुनिल कडासेनले बसमा ३३ जना सवार थिए, जसमध्ये २५ जनाको मृत्यु भएको र ८ जना घाइते भएको पुष्टी गरेका छन् । बसका चालक पनि बाँच्न सफल भएका छन । चालकका अनुसार अचानक बसको टायर पडके पछि बस पल्टिन गएको र त्यसैबिचमा आगलागी सुरु भएको थियो ।

रिपोर्टका अनुसार प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा  बस ठोक्किएको बताएका छन्। त्यसपछि चालकले सन्तुलन गुमाए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो । यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो  ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

यस्तो अवस्थामा गाडीमा सवार यात्रुहरु गाडीबाट बाहिर निस्कन पाएका छैनन् । दुर्घटनाका क्रममा बसबाट ठूलो मात्रामा डिजेल सडकमा फैलिएको पनि बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाईएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ३४ बजे

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक