६ पुस २०८२, आइतबार | December 21, 2025

झन्डै पाँच घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालन



चितवन । झन्डै पाँच घण्टापछि नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुनस् बन्द भएको थियो । त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आए पनि पहिरो झर्ने क्रम कायमै रहेकाले सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ । सडक बन्द हुने र खुल्ने क्रम चल्दा धेरै गाडी लाइनमा रहेकाले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : ४८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा