१७ श्रावण २०८३, आइतबार | August 2, 2026

नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको अध्यक्षमा राजु गुरुङ



बुटवल । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन ।

जसको वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष जय बहादुर घर्ती, उपाध्यक्ष अब्दुल रहमान, सचिव कुमार खाड ठकुरी, कोषाध्यक्ष भेष बहादुर थापा, सदस्य महिला कृष्णा सुनार, सदस्य समीर सिद्घिकी, सिरमन घर्ती, बिरेन्द्र सि ठठेट, निम प्रसाद राहदी, मनिराम चक्रवर्ती र सरोज पौडेल सर्वसम्मत निर्वाचित भएका छन ।

यसैगरि शनिबार नै बसेको बैठकले संघको सहसचिव पदमा हरि बहादुर सुनार, सदस्य पदमा करण रोकामगर, खिम बहादुर राना तथा संघको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठलाई मनोनित गरेको छ ।

एक कार्यक्रममा बिच अधिवेशनको प्रदेश खेलकुद विकास परिषद, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारसंग समन्वय गरि संघहरु निरन्तर कार्यक्रमहरु गर्न सुझाव दिदै नीजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा नवनिर्वाचित संघका अध्यक्ष राजु गुरुङले रुपन्देही जिल्लामा बक्सिङ खेल प्रशिक्षक विहिन रहेको दुखेसो गर्दै यसरी खेल विकासमा बाधा उत्पन्न भएको दुखेसो गरे ।

कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य शोभाजंग केसीले बक्सिङ खेलमा विस्तार भएका नया नया विधाहरुका कारण युवाहरुमा आकर्षक बढेको बताए ।

पुर्व खेलाडी तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुनले अन्तराष्ट्रिय क्षेत्रमा पदकको सम्भावना बोकेको खेल भएको भन्दै सरकारबाट आवश्यक लगानी जरुरी रहेको बताए ।

कार्यक्रममा पुर्व बक्सिङ प्रशिक्षक तथा खेलाडी तुल बहादुर थापालाई बक्सिङ खेलमा गरेको योगदान स्वरुप दोसल्ला, नगदसहित सम्मान गरिएको छ । नवनिर्वाचित सचिव कुमार खाड, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले खेलकुद विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०० बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो