५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको अध्यक्षमा राजु गुरुङ



बुटवल । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन ।

जसको वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष जय बहादुर घर्ती, उपाध्यक्ष अब्दुल रहमान, सचिव कुमार खाड ठकुरी, कोषाध्यक्ष भेष बहादुर थापा, सदस्य महिला कृष्णा सुनार, सदस्य समीर सिद्घिकी, सिरमन घर्ती, बिरेन्द्र सि ठठेट, निम प्रसाद राहदी, मनिराम चक्रवर्ती र सरोज पौडेल सर्वसम्मत निर्वाचित भएका छन ।

यसैगरि शनिबार नै बसेको बैठकले संघको सहसचिव पदमा हरि बहादुर सुनार, सदस्य पदमा करण रोकामगर, खिम बहादुर राना तथा संघको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठलाई मनोनित गरेको छ ।

एक कार्यक्रममा बिच अधिवेशनको प्रदेश खेलकुद विकास परिषद, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारसंग समन्वय गरि संघहरु निरन्तर कार्यक्रमहरु गर्न सुझाव दिदै नीजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा नवनिर्वाचित संघका अध्यक्ष राजु गुरुङले रुपन्देही जिल्लामा बक्सिङ खेल प्रशिक्षक विहिन रहेको दुखेसो गर्दै यसरी खेल विकासमा बाधा उत्पन्न भएको दुखेसो गरे ।

कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य शोभाजंग केसीले बक्सिङ खेलमा विस्तार भएका नया नया विधाहरुका कारण युवाहरुमा आकर्षक बढेको बताए ।

पुर्व खेलाडी तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुनले अन्तराष्ट्रिय क्षेत्रमा पदकको सम्भावना बोकेको खेल भएको भन्दै सरकारबाट आवश्यक लगानी जरुरी रहेको बताए ।

कार्यक्रममा पुर्व बक्सिङ प्रशिक्षक तथा खेलाडी तुल बहादुर थापालाई बक्सिङ खेलमा गरेको योगदान स्वरुप दोसल्ला, नगदसहित सम्मान गरिएको छ । नवनिर्वाचित सचिव कुमार खाड, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले खेलकुद विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता