४ चैत्र २०८२, बुधबार | March 19, 2026

झन्डै १८ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । बिहीबारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको सो सडकखण्ड पुन: अवरुद्ध भएको हो ।

हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि पुन: अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुर गाडी ओहोरदोहोर भैरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा पुन पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भैरहेको पनि मुग्लिन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोसँगै सडक छेउमा कोल्टे परेर अडिएको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्छ । पहिरो पन्छाउन डोजर तैनाथ अवस्थामा रहे पनि ट्रक हटाउने क्रेन पुग्न बाँकी रहेकाले सडक खुल्न समय लाग्ने प्रहरीको भनाइ छ । यसअघि हिजो पनि शनिवार रातिदेखि अवरुद्ध भएको सडक बेलुकीपख मात्रै खुलेको थियो ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउँदा पनि जोखिम कायमै रहने भएकाले नारायणगढ-मुग्लिन सडकखण्डमा सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : ५८ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन