४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालगन्जको न्यूरोडको अघोषित कोठीमा प्रहरीको छापा, अर्धनग्न १६ युवायुवती पक्राउ



नेपालगन्ज । लामो समयबाट अघोषित कोठीकारुपमा संचालन हुँदै आएको नेपालगन्ज बुद्ध गुम्बा अगाडिको एक कच्ची घरबाट १६ जना युवा युवती पक्राउ परेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडानम्वर २ न्यूरोड गुम्बा अगाडि सञ्चालनमा रहेको अघोषित कोठीबाट आईतबार सांझ बांके प्रहरीले ५ जना युवती र ११ जना पुरुष पक्राउ गरेको हो ।

कच्ची घरको एउटै कोठामा २०/२२ बर्षका ५ जना युवती र ११ जना नग्न अवस्थाका भारतीय सहितका पुरुषहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पटक पटक स्थानीबासीले बिरोध गर्दै आएपनि सो स्थानमा यौन धन्दा चल्दै आएको थियो । स्थानीयको पटक पटकको गुनासो आएसँगै आइताबार प्रहरीले सो घरमा छापा मारेको थियो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । अघिल्लो वर्ष पनि सोही स्थानमा यौन धन्दा भएको भन्दै जनप्रतिनिधि सहितको स्थानीय गएर होटलमा ताला लगाइदिएका थिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको