९ भदौ २०८३, मंगलबार | August 25, 2026

बाँकेको शान्ति सुरक्षाको अवस्था पुरानै लयमा फर्किएको एसपी जीसीको दाबी



नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अंकुर जिसीले बाँकेको शान्ति सुरक्षाको अवस्था पुरानै लयमा फर्किसकेको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार बिहान राखिएको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै एसपी जीसीले आन्दोलनका कारण केही दिनसम्म नागरिकहरुमा त्रासको वातावरण सिर्जना भएपनि अब त्रसित हुनु पर्ने अवस्था नरहेको बताए ।

एसपी जिसीले जेन–जी आन्दोलनको आडमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा अहिलेसम्म चार जना ब्यक्ती नियन्त्रणमा आईसकेको जानकारी दिए । उनले अन्य ब्यक्तिको पनि पहिचान गर्ने प्रक्रिया चलिरहेको बताउँदै आन्दोलनको आडमा कतिपयले ब्यक्तिगत रिसिबी देखाएर अपराधिक कार्य गरेको पाइएको बताए ।

उनले धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरुका विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भइरहेको पनि बताए । जिल्ला प्रहरी कार्यालय अन्तर्गत एक हजार एक सय प्रहरीको संख्या रहेको जनाउँदै उनले नागरिकहरुले पनि आफ्नो सुरक्षा आफैले गर्नुपर्ने बताए ।

‘हामीसँग भएको एघार सय प्रहरी प्रत्येक ब्यक्तिको सुरक्षामा खटिन सम्भव छैन, तर जहाँ आपराधिक क्रियाकलाप हुन्छ, त्यस्ता शंकास्पद ठाउँमा प्रहरीको निगरानी बढेको छ,’ एसपी जिसीले भने, ‘म पाँच दिनसम्म रातमा एक/डेढ घण्टा मात्र सुतेको छु, रातको समयमा म आफै हिड्छु, कहाँ हामीले बढी फोकस गर्नुपर्ने हो, त्यहाँ प्रहरीको फोकस छ ।’

दसैंको दुर्गा मुर्ति विर्सजन कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि सम्वद्ध सरोकारवालासँग छलफल गरेर आवश्यक सुरक्षा योजना बनाइएको उनले जानकारी दिए ।

सामाजिक सञ्जालमा आएका भिडियोहरुलाई अभिलेखिकरण गर्दै घटनाको सुक्ष्म अनुसन्धान थालिएको उनले बताए । एसपी जिसीले भने, ‘हामीले अभिलेख राख्ने काम गरिरहेका छौं, सजिलो पनि भएको छ, एकदम राम्रा–राम्रा भिडियोहरु सामाजिक सञ्जालमा पाइरहेका छौं ।’

जेन जीले खोजेको सुशासन, पारदर्शीता र जवाफदेहिता भएको बताउँदै उनले त्यसका लागि प्रहरी संगठन पनि सच्चिएर जान आवश्यक रहेको बताए । उनले मौलाउँदै गएको भ्रष्टाचारबाट आन्दोलन जन्मिएको चर्चा गर्दै भ्रष्टाचार मौलाउनुमा सबै दोषी भएको स्वीकार गरे । ‘हामी प्रहरी कर्मचारी पनि दोषी छौं, सरकारमा बस्नुभएका दलका नेतृत्ववर्ग पनि दोषी हुनुहुन्छ,’ उनले भने, ‘समाजले समाजमा भएका भ्रष्टाचारलाई लुकाएर राखिदिँदा राज्य प्रभावमा परेको छ ।’

एपी जीसीले नेपालमा छोटो समयमा ठुलो परिवर्तन भएको पनि बताए । बंगलादेश, श्रीलंका हुँदै नेपालमा जेनजी आन्दोलन भित्रिएको उल्लेख गर्दै उनले यो अन्य देशमा पनि जान सक्ने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ५४ बजे

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

बैतडी । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन