३ पुस २०८२, बिहिबार | December 18, 2025

दुई केजी सुन प्रकरण : बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति बालाजी सुनचाँदी पसल सिल



बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणमा बुटवलका २ वटा सुनचाँदी पसलको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको छ । बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको उक्त सुन प्रकरणमा संलग्नता देखिएको हो ।

१० असारमा लुम्बिनी साँस्कृतिक नगरपालिका-१३ कालिदह नाका हुँदै नेपालबाट भारत तर्फ लैजादै गर्दा सशस्त्र प्रहरीले झण्डै साढे २ केजी सुन बरामद गरेको थियो । सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

अहिले बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए । ‘दुवै पसललाई सिल गरी अनुसन्धान भइरहेको छ । यस बारे अरु अहिले बताउँन मिल्दैन । पछि यस बारे जानाकारी आउँछ’ उनले भने ।

सुन सहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको र त्यहि अनुसन्धानबाट बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी सुनचाँदी पसल पनि संलग्नता देखिएको पसल सिल गरेको उनले बताए ।

शसस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले असार १० गते १ केजी ९६५.३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । १ करोड मुल्य बढीको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधान अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको  भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

रुपन्देहीको नेपाल भारत सीमानामा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन बरामद भएको थियो । भन्सार मुल्यांकन अनुसार १ करोड ८५ लाख ६५ हजार ३५५ मुल्य कायम भएको बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको १५ लाख मुल्यको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई शसस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ३३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल