२१ बैशाख २०८३, सोमबार | May 4, 2026

उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच आज लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट भएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र बृहत् मानव कल्याणका पक्षमा अटल विश्वास राख्ने दुई देशबीच प्रतिबद्धताका साथ विश्व शान्तिका पक्षमा उभिनुपर्ने खाँचो औँल्याए ।

उपराष्ट्रपति यादवले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धबाट प्राप्त शान्तिको सन्देश विश्वसामु पु¥याउने नेपालको अभियानलाई भ्याटिकन सिटीबाट अझ बढी साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । आगामी दिनमा दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत र व्यापक बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, अन्तर धर्म सम्वाद तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्य गर्ने सम्भावना रहेको धारणा व्यक्त गरे ।

भेटका क्रममा उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप सुदृढ तुल्याउन राजदूत जिरेलीको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : २१ बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन