काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटेको छ ।
निगमकाअनुसार अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०र१५० रुपैयाँ पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६७।५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७।५र१४७।५ रुपैयाँ पर्नेछ ।
यसैगरी सुर्खेत र दाङमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९र१४९ रुपैयाँ पर्नेछ ।
निगमले त्यस्तै हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हेरफेर गरेको छैन ।



















प्रतिक्रिया