१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



बुटवल । बुटवल, पाल्पा र आसपासको क्षेत्रमा रातीदेखिको लगातार वर्षा भएका कारण तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर पार गरेको छ ।

बुटवल बाडी मापन केन्द्रले रातीदेखिनै खतरको जलसतह पार गरेको भन्दै नदीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ। जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ । तिनाउ नदीले बुटवलमा खतराको सङ्केत पार गरेको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सतह ६.५ मिटर पुगेको छ । जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ। पछिल्लो तीन घन्टायता तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जलसतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । रातीदेखिको वर्षाले रुपन्देहीको तिनाउ नदीसहित, रोहिणी नदी, करेसाघाट, खोला, दानव नदी लगायत आसपासका क्षेत्रमा बाढीले जोखिम बढेको छ । वर्षाको समयमा हुन सक्ने बाढी तथा पहिरो लगायतका दुर्घटनाबाट सतर्क रहन आग्रह गरिएको छ ।

मौ

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ४९ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा