१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



बुटवल । बुटवल, पाल्पा र आसपासको क्षेत्रमा रातीदेखिको लगातार वर्षा भएका कारण तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर पार गरेको छ ।

बुटवल बाडी मापन केन्द्रले रातीदेखिनै खतरको जलसतह पार गरेको भन्दै नदीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ। जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ । तिनाउ नदीले बुटवलमा खतराको सङ्केत पार गरेको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सतह ६.५ मिटर पुगेको छ । जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ। पछिल्लो तीन घन्टायता तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जलसतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । रातीदेखिको वर्षाले रुपन्देहीको तिनाउ नदीसहित, रोहिणी नदी, करेसाघाट, खोला, दानव नदी लगायत आसपासका क्षेत्रमा बाढीले जोखिम बढेको छ । वर्षाको समयमा हुन सक्ने बाढी तथा पहिरो लगायतका दुर्घटनाबाट सतर्क रहन आग्रह गरिएको छ ।

मौ

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ४९ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका-४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९

बाढीपहिरोले क्षति पु-याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको