२८ भदौ २०८३, आइतबार | September 14, 2026

मलेसियालाई हराउँदै नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन



काठमाडौं । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रनाए । अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिए । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले । उनले ८९ बल खेल्दै दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए ।

बलिङतर्फ मलेसियाका मुहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए । सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसिया हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : ५९ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा