१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सन नेपाल र सिटिजन लाइफलाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न बोर्डको अनुमति



काठमाडौ । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्सुरेन्स र सिटिजन लाइफ इन्स्याेरेन्सलाई आईपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । सन नेपालले कुल ९६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यू अर्थात प्रतिकित्ता १०० रुपैयाँमै आइपीओ बिक्री गर्न बोर्डले सन नेपाललाई अनुमति दिएको हो । यसले जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

यता, सिटिजन लाइफले पनि कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

बोर्डले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यूमै आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो । सिटिजनले पनि जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : २४ बजे

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले