२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

आजको मौसम : बिहानैदेखि वर्षा, जनजीवन प्रभावित हुनसक्ने



काठमाडौं । देशका विभिन्न भू-भागमा आज पनि भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ । भारी वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छविभागले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ४७ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता

२ अर्व होइन, २ रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट

भागबन्डा होइन, निष्पक्ष महाधिवेशनको ग्यारेन्टी चाहिन्छ : कांग्रेस इतर समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र बृहत्तर एकता कायम

सभामुखमाथि हर्क साम्पाङको आक्रोश – ‘संसदीय अभ्यासमा कलंक पोतियो’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन्