५ पुस २०८२, शनिबार | December 20, 2025

गायक रविन तामाङको निधन



काठमाडौं । नेपाली चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको मंगलबार बेलुका निधन भएको हो ।

उनी बुढानीलकण्ठ-५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

मंगलबार बेलुका ६ बजेतिर कोठाको ढोका बन्द भएको र भाइ भित्र रहेको भन्दै तामाङकी दिदी भगवती तामाङले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी घटनास्थलमा पुगी ढोका फोरेर हेर्दा उनी बेड छेउमा मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएको प्रहरीले जनाएको छ ।

रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । सिंगापुरमा जन्मिएका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए ।

उनले गाएका चिसो चिसो हावामा, जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु हिट् छन् । छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि उनले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ३३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता