१८ श्रावण २०८३, सोमबार | August 3, 2026

इटहरीमा टिप्परको ठक्करबाट आमा–छोरीको मृत्यु



इटहरी । सुनसरीको इटहरीमा टिप्परको ठक्करबाट घाइते भएकी २२ वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा ना १ ख १९०७ नम्बरको कान्छाराम कन्ट्रक्सनको टिप्परले आमा-छोरी सवार को १४ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । सरिताकी छोरी २२ वर्षीया अनुष्का गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते अनुष्काको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । अनुष्काको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

टिप्परको ठक्करपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । स्थानीय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मंगलबार साँझसम्म नै इटहरी तनावग्रस्त बनेको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ४५ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल