६ माघ २०८२, मंगलबार | January 20, 2026

इटहरीमा टिप्परको ठक्करबाट आमा–छोरीको मृत्यु



इटहरी । सुनसरीको इटहरीमा टिप्परको ठक्करबाट घाइते भएकी २२ वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा ना १ ख १९०७ नम्बरको कान्छाराम कन्ट्रक्सनको टिप्परले आमा-छोरी सवार को १४ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । सरिताकी छोरी २२ वर्षीया अनुष्का गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते अनुष्काको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । अनुष्काको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

टिप्परको ठक्करपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । स्थानीय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मंगलबार साँझसम्म नै इटहरी तनावग्रस्त बनेको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ४५ बजे

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज