२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते



झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए। घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १२ : ३१ बजे

२ अर्व होइन, २ रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट

भागबन्डा होइन, निष्पक्ष महाधिवेशनको ग्यारेन्टी चाहिन्छ : कांग्रेस इतर समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र बृहत्तर एकता कायम

सभामुखमाथि हर्क साम्पाङको आक्रोश – ‘संसदीय अभ्यासमा कलंक पोतियो’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन्

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को