बुटवल । रुपन्देहीको नयाँगाउँ माविले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ । जिल्लाका संस्थागत विद्यालयहरुलाइ पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले नतिजा सुधार्दै शतप्रतिशत विद्यार्थी उत्रिण बनाएको हो ।
बिहिबार प्रकाशित एसईईको नतिजामा २ जनाको ३।९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिए ।
‘हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ, १२७ जना सहभागिमध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन्, हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ ।’ – उनले भने ।
बजार केन्द्रित ठूला भनिएका विद्यालयको तुलनामा हामी कुनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको इसईईको नतिजाबाट समेत पुष्टि भएको उनको भनाइ छ ।
यसपटक माविबाट एसईईमा १२७ जना सहभागि रहेका थिए ।



















प्रतिक्रिया