१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘बगान’ हेर्दा कसैले गाली नगर्ने कुरामा अभिनेता सरोज खनालले ग्यारेन्टी गर्ने



बुटवल । नेपाली चलचित्र ‘बगान’ टिमले बजारमा बिक्ने गरेको अन्य चलचित्रको तुलनामा ‘बगान’ चलचित्र फरक र उत्कृष्ट रहेको दाबी गरेको छ । चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा आज बुटवलमा गरिएको पत्रकार सम्मेलनमा सो टिमले ‘बगान’ हेर्न आउने दर्शकले चलचित्र निर्माणको टिमलाई गाली नगर्ने ग्यारेन्टी गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ‘बगान’का निर्देशक नायक सरोज खनालले २ घण्टा ‘बगान’ चलचित्र हेर्दा कसैले चलचित्र टिमलाई गाली नगर्ने ग्यारेन्टी गर्न सकिने दाबी गरे । उनले ‘बगान’को कथा वस्तु नेपाली बजारमा बिकिरहेको अन्य चलचित्रको चिज भन्दा फरक रहेको बताउँदै परिवारको सबैले सँगै बसेर हेर्न मिल्ने गरि चलचित्र निर्माण भएको बताए । उनले आफू पहिलोपटक क्यामेराको पछाडि उभिएर काम गरेको बताउँदै समाजमा सदियौं कालदेखि रहँदै आएको कुरितीको बगानले बिद्रोह गरेको जिकिर गरे ।

चलचित्रमा विदुर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ भन्ने बिषय फिल्मले देखाउन खोजेको निर्देशक खनालले बताए । उनले नेपालमा अहिले करिब १५ लाख एकल आमा रहेको अनुमान गरिएको बताउँदै सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निस्शुल्क चलचित्र हेर्ने व्यवस्था गरिएको जानकारी दिए ।

पत्रकारको एक प्रश्नमा नायक खनालले १७ वर्ष अमेरिकामा दुःख गरेर सुख पाउने बेलामा आफु नेपाल फर्केको उल्लेख गर्दै अव अमेरिका फर्केर नजाने अठोट गरे ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री करिस्मा मानन्धरले बगान वास्तविकरुपमा महिलाको बगान भएको बताइन् । उनले बगान चलचित्रले दर्शकलाई रूवाउन मात्र नभएर पीडामा आँसु पुछ्न पनि सिकाएको दाबी गरिन् ।

पत्रकारको एक प्रश्नको जवाफ दिंदै उनले आफ्नो पहिलो प्राथमिकता चलचित्र नै रहेपनि सामाजिक रुपान्तरणका लागि चलचित्र र राजनीति दुबै क्षेत्रमा आफुलाई देख्न सकिने बताइन् ।

अभिनेता खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’ २९ असारबाट सार्वजनिक प्रदर्शनमा आउने खनालले जानकारी दिए ।

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको अभिनय छ । अभिनेता आकाश श्रेष्ठ फिल्मको अथिति भूमिकामा रहेका छन् ।

हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ। ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १० : ५९ बजे

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष