२ पुस २०८२, बुधबार | December 17, 2025

ललिता निवास प्रकरणमा आफ्नो कुनै सम्बन्ध र संलग्नता छैन : दीनानाथ शर्मा



काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् ।

कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’मा आफ्नो नाम जोडिएको प्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् ।

आज एक प्रेस नोट प्रकाशित गर्दै नेता शर्माले सो समाचारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २०६८/२०६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा आफु जिम्मेवार रहेको मन्त्रालयबाहेक भुमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारवाही र निर्णय प्रक्रियामा आफ्नो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पारेका छन् । आफ्नो व्यक्तिगत जीवनमा अन्यथा हुनेगरी प्रकाशित भ्रामक समाचारको भ्रममा नपर्न उनले सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक तथा आम जनसमुदाय सबैमा अनुरोध समेत गरेका छन् ।

भ्रष्टाचार र अनियमितता हाम्रो देशको गम्भीर समस्या भएको उल्लेख गर्दै शर्माले प्रकाशित गरेको प्रेस नोटमा यस्तो विकृति र विसंगतिका बिरुद्ध कडाइका साथ कारवाही हुनुपर्दछ भन्ने मान्यतामा नेकपा (माओवादी) केन्द्र र आफु सदा दृढतापूर्वक प्रतिवद्ध रहेको समेत स्मरण गराएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले हाम्रो पार्टी र नेताहरुका विरुद्ध फैलाउने अनर्गल दुष्प्रचार र भ्रममा कोही नपर्न तथा सुशासन र पारदर्शिताको पक्षमा उभिन समेत अपिल गर्न चाहन्छु ।’ उनले विज्ञप्तिमा लेखेका छन् ।

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : ४२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन