काठमाडौँ । प्रायः राजनीतिक दलका नेताहरु विरुद्ध कटाक्ष गर्ने काडमाडौं महानगरका प्रमुख बालेन शाह र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच डिनर मिटिङ भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र महानगर प्रमुख शाहबीच भेटवार्ता भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले जनाएका हुन् । भेटका क्रममा देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भयो’, श्रेष्ठले सामाजक सञ्जालमा लेखेका छन् ।
सो क्रममा बालेनका टिमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी रहेको जानकारी दिँदै श्रेष्ठले आफूहरुबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको पनि बताएका छन् ।
उनले देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको उल्लेख गरेका छन् ।



















प्रतिक्रिया