३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुचारु



काठमाडौ । नेपाल पे क्युआर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यु आर र नेपाल पे क्यु आर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड ९एससीटी० का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्यु आर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्यु आर मार्फत आबद्द भएका विभिन्न मोबाइल बेकिंग, वालेट र Connect IPS का प्रयोगकर्ताहरूले स्मार्ट क्यु आर नेटवर्कमा आबद्द सम्पूर्ण दुइ लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन । यसै गरि , स्मार्ट क्यु आर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्यु आर नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन।

ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचान मा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  २ : २० बजे

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम