७ आश्विन २०८३, बुधबार | September 23, 2026

अनुसन्धान टोली समक्ष इमरान खान, भन्छन, ‘मलाइ राजनीतिवाट हटाउन खाेजिदैँछ’



इस्लामबाद । पाकिस्तानका पूर्व मुख्यमन्त्री इमरान खानको समस्या अझै कम हुन सकेको छैन ।

हिजो इमरान खान १२ आपराधिक मुद्दामा आफ्नो बयान रेकर्ड गर्न दुई अनुसन्धान टोलीसामु हाजिर भएका थिए । खान विरुद्ध पाकिस्तान दण्ड संहिता र आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनी सोही मुद्दामा जवाफ दिन अनुसन्धान टोली सामु हाजिर भएका हुन ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरान खानले सोमबार वरिष्ठ प्रहरी उपरीक्षक यासिर अफ्रिदी र प्रहरी उपरीक्षक रुखसार मेहदीको नेतृत्वमा रहेको दुई अनुसन्धान टोलीसामु आफ्नो बयान रेकर्ड गराएका छन् । यस क्रममा उनलाई २५ वटा प्रश्न सोधिएको थियो । यसमा खानले पाकिस्तान र राष्ट्रिय संस्थाहरूप्रति मेरो कुनै घृणा छैन भनेका छन । ‘म पाकिस्तानी जनता, पाकिस्तानी सेना, पाकिस्तानी शहीद, गाजी र शहीदहरूको स्मारकलाई हृदयदेखि सम्मान गर्दछु,’ उनले बयानमा भनेका छन् । गत मे ९ को घटनाको निन्दा गर्दै इमरानले सो घटनासँग मेरो र मेरो पार्टीका कार्यकर्ताको कुनै सम्बन्ध नभएको बताए । यो उनीविरुद्ध रचिएको षड्यन्त्र मात्रै हो ।

इमरान खानले अगाडी भने, ‘मे ९ को घटनाको जिम्मेवारी म कहिल्यै लिने छैन किनभने मेरो विरुद्ध षड्यन्त्र रचिएको थियो । कानून प्रवर्तन एजेन्सीहरूले मेरो विरुद्ध षड्यन्त्र रचेका थिए। सरकारले मलाई र मेरो पार्टीलाई कानुनको घेरामा हाल्न खोजेको छ ।’

उनले मे ९ का घटनाहरूमा पीटीआई कार्यकर्ताहरू संलग्न थिए भन्ने कुरामा सहमत हुन नसकेको पनि जनाएका छन । किनकि ती घटनाहरूसँग सम्बन्धित षड्यन्त्रका प्रमाणहरू आपफुसँग रहेका छन् भन्दै जवाफ दिइएको उल्लेख गरिएको छ । आफुलाइ राजनीतिबाट हटाउनका लागि ती सबै षडयन्त्र गरिएको खानले जिकिर गरेका छन ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : २० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज