५ पुस २०८२, शनिबार | December 20, 2025

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : ५ जनाको शव फेला, एक बेपत्ता



काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानमा ५ जनाको शव भेटिएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।

चालक दलका सदस्यसहित ६ जना सवार रहेकोमा ५ जनाको शव भेटिएको छ भने एकजना बेपत्ता भएका छन् । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।

मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।

यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १ : २० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता