५ पुस २०८२, शनिबार | December 20, 2025

सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाका मृतक ६ जनाकै शव काठमाडौं ल्याउने तयारी



काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परेर पाँच जना मेक्सिकन नागरिक र पाइलट सीबी गुरुङको मृत्यु भएको छ । मृतक सबैको शव क्षतविक्षत अवस्थामा फेला परेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताएका छन् । मृतक सबैको शव काठमाडौं ल्याउने तयारी भैरहेको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो ।

मृतकमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौं फर्किँदै थिए ।

 

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ०० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता