१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनी र काेशीमा हावाहुरी चल्ने



काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको  छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका ‍थोरै स्थानहरुमामा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ ।

तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : ५३ बजे

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष