९ बैशाख २०८३, बुधबार | April 22, 2026

पाकिस्तानी निर्वाचन आयोगद्वारा इमरान खानविरुद्ध वारेन्ट जारी



लाहोर । पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ । इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही कसुरमा गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ ।

इसीपीले गत वर्ष पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख खान र पार्टीका पूर्व नेता चौधरीले मुख्य निर्वाचन आयुक्त असद उमर विरुद्ध विरुद्ध ‘अभद्र’ भाषा प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरेको थियो। त्यसैको लागि उनी बिरूद्द वारेन्ट जारी भएको हो ।

खान र चौधरी विरुद्ध गिरफ्तारी वारेन्ट आदेश ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको बेन्चले पारित गरेको थियो, जब पीटीआईका दुई नेताहरू धेरै चेतावनीका बाबजुद पनि मंगलबार उपस्थित भएका थिएनन्।

निर्वाचन आयोगले अनुरोध स्वीकार गर्दै वकिललाई यस सम्बन्धमा औपचारिक निवेदन पेश गर्न निर्देशन दिए पनि खान र चौधरीविरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी गर्दै सुनुवाइ २५ जुलाईसम्मका लागि स्थगित गरेको छ ।

गत जनवरीमा लामो कार्यवाही पछि सर्वोच्च अदालतले इसीपीलाई खान, चौधरी र उमर विरुद्ध कार्यवाही जारी राख्न अनुमति दिएको थियो। त्यसपछि निर्वाचन आयोगले उनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

७० वर्षीय खानले गत वर्ष अप्रिलमा सत्ताबाट हटाए पछि विभिन्न अदालतमा धेरै मुद्दाहरू सामना गर्दै आएका छन्। कुनै समय खानका वफादार मानिने चौधरीले पार्टी समर्थकको हिंसापछि गत मे ९ मा पार्टी छाडेका थिए ।

खानलाई इस्लामावाद उच्च अदालत परिसरबाट पक्राउ गरेपछि मे ९ मा देशभर हिंसात्मक विरोध प्रदर्शन भएको थियो। सरकारले पछि खानको पार्टी नेता र कार्यकर्ताहरू विरुद्ध ठूलो क्र्याकडाउन सुरु गर्यो र हजारौंलाई नागरिक र सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरेको आरोपमा गिरफ्तार गरियो।

 

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ०३ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका