६ श्रावण २०८३, बुधबार | July 22, 2026

बीस हजार दुई सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी



नेपालगन्ज । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए ।

बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६२÷६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ ।

आयोजनाका सूचना अधिकारी यादवका अनुसार ३९ किलोमिटर पूर्वी नहर र सोअन्तर्गतका छ शाखा नहरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । अहिले पूर्वी नहरअन्तर्गत नरैनापुर गाउँपालिकाको क्षेत्रसम्म पानी पुगेको छ । राप्तीसोनारी गाउँपालिका–६ का वडा सदस्य नरबहादुर पुनले नहरमा नियमित पानी बगेपछि यस वर्ष बेलैमा धानको बीउ रोप्न पाएको बताए । फत्तेपुरमा सिक्टा सिँचाइको पानी बगेपछि आकाशे पानीको भरमा खेती गर्ने बाध्यता अब समाप्त भएको उनको भनाइ छ ।

राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले सिक्टा सिँचाइको पानी फत्तेपुर क्षेत्रका लागि बरदान भएको बताए । उनले गत वर्षदेखि नै सिक्टा सिँचाइको पानी उपयोग गरी किसानले बेलैमा धानको बीउ रोप्नाका साथै तरकारी खेतीसमेत गर्न सफल भएको बताए । राप्ती सोनारीको अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर ब्यारेज निर्माण गरी बाँकेकोे ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरबाट राप्ती नदीे पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ ।

पश्चिमी नहरको सिँचाइले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले समेत यस वर्ष समयमै धान रोपाइँ गर्न पाएको कोहलपुर–१५ का स्थानीय अगुवा सन्तराम थारूले बताए । उनले नहरमा नियमित पानी बगेपछि किसानले मोटरको प्रयोग गरी पानी तानेर पनि आफ्नो खेतबारी सिँचाइ गरेको जानकारी दिए । किसानलाई आवश्यकताअनुसार माग हुनासाथ नहरमा पानी छाडिदिने गरेको इन्जिनियर यादवको भनाइ छ । सिँचाइ सुविधा भएपछि किसानले तीन बाली लगाउन सक्ने भएका छन् । अहिले पश्चिमी मूल नहरअन्तर्गत शाखा नहर विस्तारको काम भइरहेको छ ।

पूर्वी नहरअन्तर्गत नरैनापुर क्षेत्रमा विस्तारका लागि आवश्यक तयारी गरिएको छ । बस्तीभन्दा बाहिर वन क्षेत्रबाट नहर लैजानुुपर्ने स्थानीयको मागअनुसार आवश्यक अध्ययन भइरहेको इन्जिनियर यादवले बताए । आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरवासीले गत वर्ष बर्सात नभएका कारण धान रोप्न नपाएकाले पनि अहिले नहर निर्माणप्रति चासो र चिन्ता देखाएको स्थानीय अगुवा सोहनलाल यादवले बताए ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गरी बाह्रैमास किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ काम भइरहेको बताए । उनले नरैनापुर क्षेत्रमा नहर विस्तारका लागि सहमति जुटिसकेकाले सोही अनुरुप काम सुरु हुने विश्वास गर्दै आवश्यक समन्वयका लागि आफूले पहल गरिरहेको जानकारी दिए ।

सिक्टा सिँचाइ आयोजनाका लागि आगामी आव २०८०÷८१ मा रु ८० करोड विनियोजन भएको छ । आगामी आवमा यो बजेटबाट सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनाका साथै पूर्वी मूल नहरतर्फको ३९ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण कार्यको सुुरुआत गरिने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : ३४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना