१९ माघ २०८२, सोमबार | February 3, 2026

कार्यालय प्रमुखलाई लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन- एक्सन प्लानमा काम गर्नुहोस्



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशनसमेत दिएका छन् ।

दाङ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूतिगर्ने गरि विकास निर्माणका काम गर्न र ती काम कार्यालयले कार्ययोजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे । ‘विकास र समृद्धिका लार्गि एक्सन प्लान’ बनाएर काम गरौं,’ मुख्यमन्त्री चौधरीले भने, ‘जसले परिणाम राम्रो र उत्कृष्ट दिन सकोस् ।’

उनले काम गर्दा अलमल गर्ने, ढिला सुस्ती गर्ने काम बन्द गर्न र जनताको आबश्यता अनुसार त्यो पनि उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे ।

बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्य सम्पादन प्रभावकारी बनाउन आग्रह समेत गरे । जनताको नजिकको सरकार जिल्लागत कार्यालयह भएको भन्दै त्यो अनुसारको सेवा प्रवाह र कार्यसम्पादन हुनु पर्ने उनले बताए ।

मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरि कार्यसम्पादन गर्न र आबश्यक जनशक्तिलाई समेत त्यहि अनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसंग जोड्नु पर्ने बताए ।

कार्यालय प्रमुखहरूले आर्थिक वर्ष २०७९/२०८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ योजानाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहर धेरै भएको हुदा कार्यान्वयनमा समेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति सकेत कम रहेको बताएका थिए ।

उनीहरूले चालु आर्थिक वर्षमा सन्तोष जनक प्रगति रहेको जानकारी गराएका थिए । जिल्लामा पूर्वाधारका कामहरुको प्रगति ८० प्रतिसत माथि रहेको जानकराी गराइएको थियो । खानेपानीका केही पुराना योजना आर्थिक अभावका कारण पुरा हुन नसकेको जानकारी गराइएको थियो । भने कृषि र भेटेनरी कार्यालयका योजनाहरू रोगगारसंग जोडन सकिने बताइएको थियो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : ०८ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली