६ पुस २०८२, आइतबार | December 21, 2025

रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाइ सदस्यता दिन भने अनिच्छुक



लिथुआनिया । नाटो देशहरू युक्रेनसँग सम्बन्धको लागि प्रतीकात्मक नयाँ प्लेटफर्म सिर्जना गर्न बुधबार एकसाथ जम्मा भएका छन । उनीहरूले रुस विरुद्धको लडाईमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे तर युक्रेनको भावी नाटो सदस्यताका बारेमा भने अस्पष्ट आश्वासन मात्र दिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको नेटो समकक्ष युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग नेटो-युक्रेन परिषदमा भने सँगै बस्नेछन् ।

नाटाे युक्रेन काउन्सिल एक स्थायी निकायकाे सदस्य हुनेछ, जहाँ ३१ सहयोगी र युक्रेनले आपतकालीन अवस्थामा परामर्श र बैठकहरू बोलाउन सक्नेछ । युक्रेनलाई यथार्थमा सामेल नगरी सैन्य गठबन्धनको नजिक ल्याउने नाटोको प्रयासको यो व्यवस्था एउटा महत्त्वपूर्ण भाग हो ।

नेटो नेताहरूले लिथुआनिया शिखर सम्मेलनको निष्कर्षलाई संक्षेप गर्दै भने कि, यदि सहयोगीहरू सहमत भए र सर्तहरू पूरा भए युक्रेन संगठनमा सामेल हुन सक्छ । यो अस्पष्टताले युक्रेन युद्ध जारी रहँदा वर्तमान नाटाे सदस्यहरू बीचको सहमतिमा पुग्न चुनौतीहरू प्रतिबिम्बित गर्दछ ।

सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गराएकाे आक्रमणको कडा निन्दा गरेका थिए । बेलायती प्रधानमन्त्री ऋषि सुनकले औपचारिक, बहुपक्षीय र द्विपक्षीय सम्झौताका साथ साथै युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताएका छन् । यसले पुटिनलाई बलियो संकेत दिनेछ । नाटोका प्रमुख जेन्स स्टोल्टनबर्गले उक्त बैठक ऐतिहासिक भएको बताए ।

लिथुआनियाको राजधानी भिल्नियसमा सम्पन्न नेटो शिखर सम्मेलनमा युक्रेनलाई हतियार पठाउन गठबन्धन राष्ट्रहरू इच्छुक देखिएका छन । नाटो राष्ट्रहरूले रुसविरुद्ध सन्तुलन कायम राख्नुपर्छ भन्ने उद्देश्यले नाटोको गठन भएको हो । तर तिनीहरू युक्रेनलाई उनीहरूको पङ्क्तिमा सामेल हुन र युद्धको समयमा उनीहरूको सुरक्षाबाट फाइदा लिन दिन चाहँदैनन् ।

यो किनभने धेरै देशहरूले नाटोको हिस्सा बन्ने बित्तिकै रुस विरुद्ध आक्रमण गर्नुपर्नेछ र यसले ठूलो युद्धको जोखिम बढाउनेछ। अहिले युक्रेनलाई हरसम्भव सहयोग दिएर युद्धमा अप्रत्यक्ष भूमिका खेलिरहेका छन् ।

एक दिन अघि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशलाई नाटोको दाबीबाट बाहिर राख्नका लागि शर्तहरू लगाएको बेतुकाको रूपमा निन्दा गरेका थिए । बुधबार जी-७ देशहरूले युक्रेनलाई सुरक्षा ढाँचा प्रस्ताव गर्ने बताए । यसैबीच, जेलेन्स्कीले नाटो सहयोगीहरूलाई थप हतियारको लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : ४२ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम