१६ बैशाख २०८१, आइतबार | April 29, 2024

भवन नहुँदा सेवा प्रवाहमा समस्या



ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए ।

इकाला प्रशासन कार्यालय २०६३ सालमा पुनःस्थापना भयो । र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम रहेको थियो भने पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रुपान्तरित भयो ।

इलाका प्रशासन २०६३ सालमै पुनःस्थापना भए पनि मालपोत र नापी कार्यालय २०७१ चैतमा मात्र पुनःस्थापना भए । तर अहिलेसम्म तीनवटै कार्यालयको आफ्नो भवन भने छैन । भाडाकै घरबाट सेवा सञ्चालनमा छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताए ।

“साँघुरा कोठामा बसेर काम गर्दा गाह्रो भएको छ”, उनले भने । यसअघि बुर्तिबाङको उपल्लो बजार र फाँट बजारमा कार्यालय संचालनमा थियो । मासिक रु ३३ हजार भाडा तिर्दै कुँवरले बताए । यस्तै मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सूर्यप्रसाद शर्माले मासिक रु ५० हजार तिरेर कार्यालयले सेवा प्रवाह गर्दै आएको बताए ।

“सेवाग्राहीमैत्री भवन नहुँदा समस्या भएको छ”, उनले भने ।

यस्तै नापी कार्यालय बुर्तिबाङकी प्रमुख पायल श्रेष्ठले भाडाको घरबाट चाहेअनुसारको सेवा प्रवाह गर्न नसकेको बताए । उक्त कार्यालयले पनि मासिक रु ३० हजार भाडा तिर्दैआएको छ ।

छब्बीस वर्ष अगाडि स्थापना भएर विभिन्न समयमा विस्थापित भए पनि अहिले भने तीनवटै कार्यालय निरन्तर सञ्चालनमा छन् । यी कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका नागरिकले सेवा लिएका छन् ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ८ : ३१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क