५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना सन्देश पठाएका छन् ।राष्ट्रपति पौडेलका तर्फबाट राष्ट्रपति कार्यालयका सचिव तथा उनको सचिवालयमा रहेका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर समवेदना सन्देश हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी एवं महिला नेत्री सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान भएको असामयिक निधनले आफूलाई अत्यन्तै दुःखी बनाएको राष्ट्रपतिको समवेदना सन्देशमा उल्लेख छ ।

समाज रूपान्तरणका क्रममा भएका सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । “समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ”, सन्देशमा भनिएको छ ।

राष्ट्रपतिले स्व सीताको आत्माको चिरशान्तिको कामनासहित उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नाका साथै दुःखको यस घडीमा प्रधानमन्त्री, शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १२ : ४१ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे