२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु



काठमाडौ । प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएर शुक्रबारबाट एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनी एक भएपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले असार २६ गते र बिमा प्राधिकरणले जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

यस्तै, कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । प्रभु लाइफको बोनस सेयर जारी पछि मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि यसले ९० करोड रुपैयाँ बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको छ ।

यता, एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले असार २९, ३० र ३१ गते २ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द भएका छन् । यी दुई कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ३ : ०७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले