२९ मंसिर २०८२, सोमबार | December 16, 2025

चलचित्र हलहरूमा पाइरेसीविरुद्धको सामग्री देखाउन बोर्डको पत्राचार



काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसीविरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरूमा देखाइने भएको छ। बिहीबार देशभरका चलचित्र हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र स‌घलाई पत्राचार काट्दै बोर्डले हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देश गरेको छ।

बोर्डले आर्थिक वर्ष २०७९।८० को बजेटबाट निर्माण गरेको उक्त श्रव्य दृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ। बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ। यो सामग्रीमा प्रियंका कार्की, रुवि श्रेष्ठ, डिक्की गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् भने सुयोग गुरुङले निर्देशन गरेका छन् ।

यो सामग्रीमा चलचित्र र चलचित्रजन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ। साथै, यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेत र नेपाल प्रहरीका डिआईजी कुबेर कडायतको पाइरेसी सम्बन्धी कानुनी प्रावधानहरु सहितको भनाई राखिएको छ।

बोर्ड अध्यक्ष केसीले यो सामग्रीले समस्त दर्शकवर्गमा पाइरेसीसम्बन्धी जनचेतना जगाउने विश्वास व्यक्त गरे । उनले बोर्डले वर्तमानमा डरलाग्दो स्थितीमा रहेको पाइरेसी समस्या समाधानको लागि जनचेतना जगाउने विभिन्न कार्यक्रमहरूसँगै साइबर सेक्युरिटी डेस्क स्थापनाको लागि पनि कार्य गरिरहेको बताए ।

साथै, केसीले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा प्रवर्धन गर्ने विभिन्न योजनाहरुमा समेत काम गरिरहेको बताउए । यो सामग्री चलचित्र हलहरुमा चलचित्र सुरु हुने समयमा प्रदर्शन गर्ने साथै, अन्य सार्वजनिक स्थलहरुमा समेत निरन्तर प्रदर्शन गर्ने तयारी रहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : ३७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको